किन हुन्छ नयाँ बसपार्क पुलमा मानिसको भिड ? यस्तो छ कारण

काठमाडौँ देशको राजधानी भएको हुनाले होला काठमाडौँमा देशका अन्य क्षत्रको तुलनामा मानिसको चहलपहल अली बढिनै हुने गर्छन् ।

व्यापार व्यवसाय उद्योगधन्दा, सरकारी गैरसरकारी निकायका कार्यालयहरु लगायतको धेरै कारोबार भएको हुनाले धेरै मान्छेको भिडभाड हुने गर्छ । तर राजधानीको नयाँ बसपार्कमा रहेको पुलमा सधैजसो मानिसको भिड लाग्ने गर्छ ।

किन नयाँ बसपार्कको पुलमा मानिसको अत्याधिक भिड हुने गर्छ । किन बसापार्कमा मानिसको भिड हुन्छ । भन्ने बारेमा कौतुहल्ता हुने गरेको छ । नयाँ बसपार्कका जानकारका अनुसार बसपार्कको पुलमा मान्छे धेरै हुनुको कारण के हो ।

भने देशको विभिन्न ठाउँका यात्रुहरु आवोतजावत गर्ने मूख्य थलो रहेको छ भने अर्को कुरा यौनधन्दामा संलग्न मानिसहरुको अत्याधिक भिड हुने गर्ने बुझिएको छ । त्यो हुनको मूख्य कारण बेरोजगार नै हो । त्यसकारण काठमाडौँको नयाँ बसपार्कमा मानिसको भिड हुने गर्छ ।

फेरि दियो भूकम्पले धक्का

काठमाडौँ ; नेपाल लगायत विभिन्न देश्म्ँ भूकम्पले धक्का दिइरहेको अवस्थामा भर्खरै काठमाडौँमा भूकम्पले धक्का दिएको छ ।

बिहिबार साँझ ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको बताइएको छ । सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका लगायत आसपासमा जिल्लाहरुमा भूकम्पको धक्का महसूस भएको छ ।

जलपरी भनेर चिनिने गौरिका सिंहले पुरस्कार स्वरुप यति ठुलो रकम पाउने

काठमाडौं ः जलपरी भनेर चिनिने किर्तिमानी खेलाडी गौरिका सिंहले पुरस्कार स्वरुप ६५ लाख रुपैया नगद पाउने भएकी छिन ।

एकै सागमा किर्तिमानी ४ स्वर्ण, दुई रजतकासाथै तीन काँस्य जितेकी उनले स्वर्णमा ११ लाखका दरले जम्मा ४४ लाख त्यस्तै रजतमा ६ लाखका दरले जम्मा १२ लाख र काँस्यमा तीन लाखका दरले जम्मा ९ लाख गरी जम्मा ६५ लाख पाउने भएकी हुन ।

प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीहरुलाई यसरी नगद पुरस्कार दिने घोषणा गरेका थिए । पदक विजेता खेलाडीहरुलाई बुधबार उनले प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गरेर यो नगद दिने घोषणा गरेका हुन ।

निजी तथा आवासीय विद्यालय सङ्गठन,काठमाडौंको अध्यक्षमा लामा

काभ्रेको धुलिखेलमा भएको निजेर निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सक)को अध्यक्षमा गेन्द्र लामा निर्वाचित भएका छन् ।

गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
प्याब्सकको चौथो अधिवेशनबाट अध्यक्ष लामा सहित १५ सदस्य कार्यसमिती निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा समिर बास्तोला, महासचिवमा राजन श्रेष्ठ, उप–महासचिवमा भिष्म ढकाल, सचिवमा दिपेश खत्री, कोषाध्यक्षमा मिन कुमार कोइराला, सह–कोषाध्यक्षमा सुदिप काफ्ले निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा लेखजंग खत्री, राजेन्द्र पुडासैनी, भोज कुमार धमला, होमलक्ष्मी गुरुङ, तेन्जिङ्ग भुटिया, राजकुमार गिरी, सन्तोष लुइटेल र अनिता गिरी निर्वाचित भएका छन् ।

कार्यसमितीलाई सिपी आचार्यले सपथ ग्रहण गरेका थिए ।
सो अधिवेशनवाट निर्वाचित अध्यक्ष लामाले आफुलाई दिइएको जिम्मेवारीलाई इमान्दारिता र लगनशिलताका साथ निजी विद्यालयहरुको मर्म र भावनालाई आत्मसात गर्दै काम गर्ने बताए ।

सागका स्वर्ण पदक विजेता खेलाडीलाई सरकारद्धारा यसरी गरीयो सम्मानित

काठमाडौं ः नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० का स्वर्ण पदक विजेता खेलाडीलाई सरकारले जनही ९ लाख रुपैयाँबाट सम्मानित गर्ने भएको छ ।

बुधबार केपी शर्मा ओलीले आयोजना गरेको सम्मान कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै सागका पदकधारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद पुरस्कारको घोषणा गरेका हुन् ।

त्यस्तै सरकारले रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई ३ लाख दिने भएको छ। जस अन्तर्गत एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी पौडी खेलाडी गौरिका सिंहसहित ४ खेलाडीले भने ११ लाख पाउने छन् ।

नेपालले मंगलबार सम्पन्न सागमा ५१ स्वर्ण पदक जितेको थियो भने त्यस्तै ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो ।

१३ औं दक्षिण एसियायी खेलकुद भव्यताका साथ सम्पन्न, नेपालले जित्यो २०६ पदक

काठमाडौं : राजधानी भएको १३ औं दक्षिण एसियाली खेलकुद भव्यरुपमा सम्पन्न भएको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश बोल्ने वक्ताहरुले नेपालले सफलता पुर्वक साग सम्पन्न गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरेका छन् ।

१३ औं सागमा नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी २०६ पदक जित्दै दोस्रो बन्न सफल भएको छ । १७४ स्वर्ण सहित भारत पहिलो बनेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश सिलवालले सम्बोधन गरेका थिए ।

२०७२ सालको भूकम्पपछि पुनर्निमाण गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् ।

दक्षिण एसियाली ओलम्पीक परिषदको सोमबार बसेको बैठकले आगामी १४ औं साग पाकिस्तानमा गर्ने निर्णय बमोजिम नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गरेको छ ।

यी हुन् बालबालिकालाई यौन शोषण गरेको अरोपमा पक्राउ परेका अमेरिकन नागरिक

काठमाडौँ ; नेपालमा आउने गरेका बिदेशीहरु बारम्बार बालबालिकालाई यौन शोषण गरिरहेको समाचार सार्वजनिक भइरहेको अवस्थामा भर्खरैआर्थिक प्रलोभन देखाएर यौन शोषण गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिनामंगलमा रहेको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा बस्दै आएका अमेरिकी नागरिक जासोन लोड्डी मोडेलाई ३ जना बालकालिका राखेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले जासोनलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा कारबाही अगाडि बढाएको बताएको छ ।
प्रहरीले जासोनको कोठाबाट ३ थान अमेरिकी पासपोर्ट, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी भएको आईडी कार्डलगायतका विभिन्न सामग्री बरामद गरेको सीआईबीले जानकारी दिएको छ ।

यौन दुराचार अभियोग लागेका जासोनबाट कोही पीडित भएको भए तत्काल खबर गर्नसमेत प्रहरीले आग्रह गरेको छ। लामो समयदेखि नेपाली भाषा अध्ययन गर्ने नाममा नेपाल बस्दै आएका जासोनले बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौन दुराचार गरेको प्रहरीले दावी गरेको छ ।

पुरुष फुटबल खेलको स्वर्ण पदक नेपाललाई

काठमाडौँ ; १३ औं दक्षिण एसियाली खेलकूद साग को पुरुष फुटबल खेलको स्वर्ण पदक नेपालले हात पार्न सफल भएको छ । नेपालले भूटानलाई २.१ ले पराजित गर्दै जित हात पारेको हो । घरेलू मैदनमा भएको खेलमा नेपालले निकै गर्वीलो इतिहास रच्न सफल भएको छ ।

भूटानले पनि निकै रोमाञ्चक खेलेको थियो । पराजित भूटान भने रजत पदक मै सीमित भएको छ। जारी सागमा भूटानले जितेको यो सातौं रजत पदक हो। जारी सागमा नेपालको स्वर्ण पदक ५१ पुगेको छ।

साग फुटबलमा अहिलेसम्म नेपालले जितेको यो चौथो स्वर्ण हो। खेलमा नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरे। भूटानका लागि भने चेन्चो ग्याल्सेनले गोल गरेका थिए।

नेपालका अभिषेक रिजालले १६ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै भूटानका चेन्चो ग्याल्सेनले ३७ औ मिनेटमा बराबरी गोल गरेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ३२ औं मिनेटमा नेपालका खेलाडी सुमन अर्यालले पहेलो कार्ड पाएका थिए। ३२ औ मिनेटमा पाएको फ्रिकिकलाई भुटानले सदुपयोग गर्न सकेन। पहिलो हाफमा खेलमा भुटान आक्रमक देखियो।

दोस्रो हाफमा भने नेपाल हावी भयो खेलको ५३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो। नेपालका सुनिल बलले हेड मार्फत सान्दार गोल गरे। लगतै अभिषेक रिजालले ५७ औं मिनेटमा पाएको अवसारलाई गोलमा परिणत गर्न सकेनन्। खेलको अन्त्यमा भूटानले पाएको अवसर सदुपयोग गर्न सकेन सागको इतिहासमा भुटन पहिलो पटक फाइनल खेलेको हो भने नेपाल पाचौं पटक फाइनल पुगेको हो।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने टोली बनेको थियो।
पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो।

अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो। नेपाल १० अंक सहित फाइनलमा प्रवेश गरेको थियो। यता भूटान भने पहिलो खेलमा बंगलादेशलाई १–० गोलले पराजित गरेको थियो।

दोस्रो खेलमा नेपालसंग ४ गोलले पराजित भएको भूटान तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तर पराजित गर्यो। लिगको अन्तिम खेलमा श्रीलंकालाई ३–१ गोल अन्तर गर्दै ९ अंक सहित भूटान फाइनलको यात्रा तय गरेको थियो।

प्रहरीले दशरथ रंगशालामा पत्रकारसहित सर्वसाधारणलाई लाठी बर्सायो

काठमाडौँ ; १३ औँ दक्षिण एसियाली खेलकुद सागको समापन दिन प्रहरीले पत्रकारमाथि लाठी चार्ज भएको छ । दशरत रंंगशालामा सुरक्षामा खटिएका तीन जना डिएसपीहरुले उपद्रो मच्चाएका हुन्।

डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन् । उनीहरुले पक्रिसकेपछि पनि सर्वसाधारणमाथि जथाभावी कुटपिट गरेका थिए।सर्वसाधारणमाथि जाइ लागेका बेला फोटो खिचेको आरोपमा डिएसपी राठौरले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि लात्ती नै बर्साएका छन्।

उनीलाई एकजना प्रहरीले पक्रिएपछि राठौरले पछाडिबाट लात्ती बर्साएका हुन्। नेपाल र भुटानबीच हुने फुटबलको फाइनल भीडन्तको टिकटको मूल्य दोब्बर बढाएपछि सर्वसाधरण विरोधमा उत्रिएका थिए। फुटबल हेर्न रंगशाला आसपास जम्मा भएका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको थियो।विवाद चर्किँदै गएपछि प्रहरीले दर्शकलाई जथाभावी कुट्न थालेको थियो।

दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेको भन्दै पत्रकार चापागाईंमाथि राठौरसहितले कुटपिट गरेका हुन्। पत्रकार चापागाईंलाई प्रहरीले आयोजकबाट उपलब्ध ुएक्रिडेसन कार्डु लगाएको अवस्थामा समातेर कुटेको हो।

प्रहरीको कुटपिटबाट चापागाईंको कानबाट रगत आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ।प्रत्यक्षदर्शीका अनुसार बिहानैदेखि प्रहरी दर्शकमाथि जाइ लागेको थियो। त्यसक्रममा चापागाईंले फोटो खिचेपछि प्रहरीले मुख छाड्दै उनैलाई कुटपिटमा उत्रिय

एक्लै गौरीकाले जितिन ४ स्वर्ण

काठमाडौँ ; नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद सागमा नेपाली खेलाडी गौँरीका सिंहले एकै संस्करणकोे चार स्वर्ण जीतेकी छन् ।
सोमाबार गौरीकाकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् ।

उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८१३ सेकेण्डमा पुरा गरिन र अर्को स्वर्ण जित्न सफल भएकी हुन् ।