१३ लाख रुपैयासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ ;नेपालमा संसारभरीका अपराधीहरुको अखडाका रुपमा रहदै आएको छ । पैसा चोर, हास वा अन्य कुनै अवैध कारोबारी त्यस्तै भारतबाट १३ लाख अवैध रुपैयाँ बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई आज सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई नियन्त्रणमा लिएको हो ।

भारतको लौकाहाबाट बिआर ३२ एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी करावारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •