१३ औँ साग खेलको अवसरमा जोरविजोर प्रणाली लागु तर यी सवारीमा लागु छैन ; ट्राफिक

काठमाडौँमा हुँदै गरेको १३ औ साग खेलमा सरकारले जोर विजोर प्रणाली लागु गर्ने भएको छ । महानगरीय प्रहरी महाशाखाले अत्यावश्यक, सरकारी सवारी साधन र संचारमाध्यमको सवारी साधन संचालनमा जोर विजोर प्रणाली लागु नहुने जानकारी दिएको छ ।

सरकारले साग खेलकुलको उद्घाटन हुने दिन भोली मंसिर १५ गते विजोर र सामापन हुने दिन २४ गते जोर नम्बरको सवारी साधन संचालन गर्न सुचना जारी गरेको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ंंएसएसपीं) भीमप्रसाद ढकालले साग खेलकुदको उद्घाटन र समापनको दिन संचार माध्यम, अत्यावश्यक र सरकारी सवारी साधनमा यो व्यवस्था लागु नहुने बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •