हजुरहरुलाई थाहा छ, किन विवाहको बेला साइँली औलामा औँठी लगाइन्छ

काठमाडौँ ; नेपालमा विवाहको समयमा दलहा र दुलहीले एकआपसमा साइँली औँलामा औँठी लगाउने चलन रहदै आएको छ । विवाह बन्धनमा बाधिएका महिलाहरूले बायाँ हातको साइँली औंला र पुरुषहरूले भने दायाँ हातको साइँली औंलामा औठी लगाउने चलन पहिलेदेखि नै चल्दै आएको छ।

विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० सुरु भएको आलेखमा भेटिएपनि र त्यसबेलादेखी विवाहमा औठी लगाउने चल्दै आएको छ । यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ । तर, साइँली औंलामै औठी किन लगाइन्छ भनेर धेरैलाई थाहा नहुँन सक्छ ।

पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । अब भने औठी बेहुलालाई नै लगाइदिने गरिन्छ । केटिहरूको बायाँ हातको साइँली औंलामा र केटाहरूको दायाँ हातको साइंली औलाको नसा सिधै मुटुमा जोडिने हुँदा उक्त औला मा औंठी लगाइ दिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने प्रचलन रहदै आएको छ ।

विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ ।

कुनै कुनै ठाउँमा केटाहरूले समेत बायाँ हातको साइँली औलामा पनि औंठी लगाउने चलन रहदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •