सौर्यमण्डलको सबैभन्दा ठुलो सदस्य सूर्यको यस्तो छ रहस्य

काठमाडौँ ; हामीले सुन्ने गरेका छौँ सौर्यमण्डलको सबैभन्दा चम्किलो र ठुलो पिण्ड भनेको सुर्य हो भने र त्यसको बारेमा यसरी जानकारी लिन सकिन्छ ।
सुर्यको व्यास १३ लाख ४८ हजार ४ सय ४६ रहेको छ । यो पृथ्वीबाट करिब १४ करोड ८८ लाख किलोमिटर टाढा रहेको छ ।

सौर्यमण्डलको करिब ९९ प्रतिशत भार सुर्यले ओगटेको छ । सुर्य पृथ्बी भन्दा करिब ३ लाख ३३ हजार गुणा गरौँ छ भने १०९ गुणा ठूलो रहेको छ । यो सौर्य परिवारको एक मुख्य सदस्य तथा आकाशमा विशाल तारा हो ।

यसको शक्ति न्युक्लियर फयुजन प्रक्रियाबाट उत्पन्न भएको हो । यसको विकिरण पारेहेलियोमिटर यन्त्रबाट मापन गरिन्छ । यसको बाह्यि सतहमा तापक्रम १५४० डिग्री सेन्टिग्रेट रहेको छ भने यसको केन्द्रमा १ करोड ५० लाख डिग्री सेन्टिग्रेट रहेको छ । सुर्यको मध्य भागमा देखिने ध्ब्बालाई सघन छायाँ भनिन्छ । सुर्यको सतहमा चम्किने घेरालाई विरल छायाँ भनिन्छ ।

सुर्यको प्रकाश पृथ्वीमा आइपुग्न ८ मिनेट २० सेकेन्ड समय लाग्छ । त्यस्तै सुर्यलाई आफ्नो कक्षमा परिक्रमा गर्नको लागि २५ दिन ५ घण्टा समय लाग्छ । यसले परिक्रमा गर्ने कक्षलाई ग्यालेक्टिक सेन्टर भनिन्छ । यसको आकर्षण शक्ति पृथ्वीको तुलनामा २८ गुणा बढि हुन्छ ।

सुर्यबाट उठ्ने ज्वालालाई सौर्य ज्वाला भनिन्छ । र सौर्य परिवारको सबैभन्दा नजिकको तारा पनि सुर्य नै हो । सुर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सीमा सेन्ताउरी हो । सुर्यको केन्द्रिविन्दुको घनत्व पानीको भन्दा करिब १५० गुणा बढि रहेको छ ।

सुर्यको किरणको तापिय तिब्रता निश्चय गर्ने उपकरणलाई एक्टिमोमिटर भनिन्छ भने सौर्य मण्डलको उत्पती एक विशाल उष्ण एवं ग्याँसीय निहारीकाबाट भएको हो भनी बताउने विद्यमान लापपेलेस हुन् ।

सूर्यको ताप पृथ्वीमा सूर्य अन्य ग्रहको ताप र प्रकाशको स्रोत पनि हो । सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रमा गर्न लाग्ने समयलाई कस्मिस बर्ष भनिन्छ भने सुर्यको ताप पृथ्वीमा रेडिसनको माध्यमबाट प्राप्त हुने गर्छ । स्रोत बिभिन्न विज्ञान किताबहरुबाट

  •  
  •  
  •  
  •  
  •  
  •