सुनको मुल्यमा भारी गिरावट, तोलाको कति

काठमाडौँ ; नेपालमा मंसिर महिना लागे देखि विवाहको चटारो भइरहेको अवस्थामा सुनको कारोबार पनि वृद्धि हुने गर्छ । यो बर्ष पनि त्यहि नै अपेक्षा गरिएको थियो । तर यो बर्ष भने विगत पाँच दिनदेखि सुनचाँदीको मूल्यमा गिरावट भइरहेको छ ।

बुधबार कुनै पनि घटबढ नभएको सुनको मुल्य बिहीबार फेरि घटेको छ । बुधबार ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन बिहीबार दुई सयले घटेर ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले बतायो ।

  •  
  •  
  •  
  •  
  •  
  •