साविक विजेता वायर्न पराजित

काठमाडौं ः जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले घरेलु मैदानमा हार व्होरेको छ । शनिबार राति भएको उक्त खेलमा वायर लिभरकुसेनले वायर्नलाई २(१ गोल अन्तरले पराजित गरेको हो ।

खेल सुरु भएको को १० औं मिनेटमा लिभरकुसेनलाई लियोन बेलीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । तर, फेरी खेलको ३५ औं मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई २(१ को जित दिलाउन सफल भए ।

यस्तै जोनाथनले खेलको ८१ औं मिनेटमा रातो कार्ड पाउँदा लिभरकुसेन खेलको अन्तिम १० मिनेटमा १० जना खेलाडीमा समेटिएको थियो । खेलको यो हारसँगै वायर्न लिगको चौंथो स्थानमा झरेको छ ।

वायर्नले १३ वटा खेलबाट २४ अंक जोडेको छ । लिभरकुसेन भने २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •