सलमान खानको भारतले नयाँ रेर्कड राख्दै सय करोड क्लबमा

एजेन्सी ः बलिउडका चर्चित अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर बुधवार प्रदर्शनमा आएको थियो । फिल्म भारतलाई दर्शक र समिक्षक मिश्रित प्रतिक्रिया दिइ रहेका छन् ।

फिल्म ’भारत’ले बक्स अफिसमा राम्रो ओपनिङ्ग गर्नुका साथ साथै प्रदर्शनमा आएको चौथो दिनसम्ममा सय करोड क्लबमा सामेल हुन सफल रहेको छ । फिल्म भारतले प्रदर्शनमा आएको पहिलो एक दिनमा भारतमा मात्र ४२ करोड ३० लाखको व्यापार गरेर रेकर्ड कायम गर्न सफल भएको थियो ।

त्यसैले फिल्म निर्माण टिमले प्रदर्शनमा आएको तेस्रो दिनमा सो फिल्मले १०० करोड पार गर्ने अनुमान लगाइएको थियो । प्रदर्शनमा आएको दोस्रो र तेस्रो दिन व्यापार राम्रो नभएको कारण तेस्रो दिनसम्म फिल्म सय करोड क्लब पुग्न सकेन ।

तर प्रदर्शनमा आएको चौथो दिनमा फिल्मले सजिलै सय करोड क्लबमा सामेल भयो । फिल्म चौथो दिनमै सय करोड क्लबमा समावेश भएको कारण फिल्मले नयाँ रेकर्ड बनाको हो। यस फिल्मले अहिले सम्म ४ वटा नयाँ रेकर्ड कायम गरिसकेको छ ।

अली अब्बास जफरको निर्देशनमा तयार भएको फिल्म भारतमा सलमान खानका साथ अभिनेत्री कट्रिना क्याफ, तबु, दिशा पाटनी, सुनील ग्रोबर ,वरुण धवन र जैकी श्राँफलगायतका अन्य कलाकारहरुको पनि प्रमुख अभिनय रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •