विप्लव नेकपाका बाग्लुङ जिल्ला सचिव नविन पुन; पक्राउ

काठमाडौँ सरकारले प्रतिबन्ध लगायको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तााई धरपकड गर्ने श्रींखला रोकिएको छैन । गतबर्ष फागुन २८ गतेबाट प्रतिबन्ध लगायको थियो ।

भर्खरै सरकारले विप्लव नेकपाका बागलुङ जिल्ला सचिव रामबहादुर कुँवर९नविन०लाई जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार जिल्ला अदालत बागलुङ परिसरबाट पुनः प्रक्राउ गरेको छ ।

३२ वर्षीय कुँवरलाई असोज ७ गते पक्राउ गरेर प्रहरीले अदालतमा पेस गरेको थियो। मङ्सिर २३ गते जिल्ला अदालत बागलुङले १५ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएपनि अदालतको आदेश अवेज्ञा गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङले कुँवरलाई जिल्ला अदालत परिसरबाटै पुनः पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई पर्वत पठाउँने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले बताए । कुँवरले व्यवसायिहरूलाई डर धम्की देखाएर चन्दा असुली गर्ने, जिल्लाका विभिन्न स्थानका एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको झुट्टा आरोप लगाएर दमन गर्ने नीति लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •