लागुऔषधसहित तीनजना पक्राउ

काठमाडौं ः लागूऔषध ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनहिरु तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्दै आएका बर्ष २० का उमेश धामी, बर्ष २० की उमा चौधरी र बर्ष १९की असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताउनु भयो ।

पक्राउ परेका उनीहरूकोसाथबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको नोट लगायतका सामान बरामद गरिएको समेत उनले बताए । जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •