रोकिराखेको गाडीले किचेर एक जनाको ज्यान गयो

काठमाडौँ नेपालमा दैनिकजसो सवारी दुर्घटनाबाट मानिसको ज्यान गइरहेको अवस्थामा भर्खरै त्यस्तै घटना सार्वजनिक भएको छ ।

काठमाडौं महानगरपालिका(९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको ज्यान गएको छ ।

बा।१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा।१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

ज्यान जानेमा बा।१ प १०१५ नम्बरको गाडीका सह(चालक भक्तपुर चाँगुनारायण नगरपालिका(४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •