रियल मड्रिडद्धारा बार्सिलोना पराजित

काठमाडौं ः स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड उक्लिएको छ । शनिबार राति भएको उक्त खेलमा अलाभेसलाई पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

अलाभेसको घरेलु मैदानमा भएको सो खेलमा पाहुना टोली रियललाई जित दिलाउन कप्तान सर्जियो रामोस र डेनी कार्भजलले बराबर एक–एक गोल गरे । खेलमा घरेलु टोली अलाभेसका लागि भने लुकास पेरेजले एक गोल गरे ।

खेलको पहिलो हाफमा गोलरहित बराबर भएतापनि रियलले खेलको ५२ औं मिनेटबाट अग्रता बनाएको थियो । जसका लागि टोनी क्रुसको पासमा रामोसले गोल गरेका थिए । त्स्तै खेलको ६५ औं मिनेटमा घरेलु टोलीका लागि पेरेजले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

रियलका लागि खेलको ६९औं मिनेटमा कार्भजलले गोल गरेपछि रियलले २–१ गोलले खेल जित्यो । सो खेलको जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । रियलले १४ वटा खेलबाट ३१ अंक जोडेको छ । १३ वटाखेलबाट बार्सिलोनाले २८ अंक जोडेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •