रहेनन् गायक निशान भट्टराई

काठमाडौं ः गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । काठमाण्डौंको दरबारमार्गमा रहेको बानथाई रेस्टुरेन्टबाट घर फर्किदै गर्दा उनी आफैले चलाएको कार दुर्घटना हुँदा उनको ज्यान गएको हो ।

बा १० च ३०४ नम्बरको कार तीनकुनेस्थित सडकको पोलमा ठोकिँदा उक्त दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर भट्टराई गम्भीर घाइते भएका थिए । भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो त्यही उनको निधन भएको हो । गजल गायनमा उनी चर्चित थिए । उनले स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा समेत गजल गाउँदै आइरहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •