रञ्जिता गुरूङको ‘सजाय’

काठमाडौं ः रोजगारीकै लागि परदेशी भूमिमा जान बाध्य गायक, सर्जक तथा मोडल प्रेम सापकोटा ‘सोनु’ परदेशको बेस्ट समयका बाबजुद पनि नेपाली गीत संगीतलाई जोगाएर राख्नको लागि अगि सरेका छन् ।

प्रेम सापकोटा ‘सोनु’को उत्कृष्ट अभिनय रहेको चर्चित लोकदोहोरी गीत सार्बजनिक गरीएको छ। लोकदोहोरीकी चर्चित गायिका देवि घर्ती र घनश्याम न्यौपानेको सुमधुर आवाज, एवम आयान न्यौपानेको लय शब्दमा तयार पारीएको अत्यन्तै मार्मिक लोकदोहोरी गीत ‘स जाय’ सार्वजनिक भएको छ।

स्मृति तिमल्सिना गुरूआमाको निर्देशन, रहेको सो गीतमा रञ्जिता गुरूङ र प्रेम सापकोटा ‘सोनुको अभिनय, र सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई सम्पादन भने प्रकाश धमलाले गरेका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •