यौन दुव्र्यवहार गरेको आरोपमा सिद्धबाबा पक्राउ

काठमाडौँ नेपालमा दैनिक रुपमा यौनजन्य विभिन्न घटना घटिरहेको अवस्थामा सुनसरीको चताराका बलात्कार गरेको आरोपमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई हाल जिल्ला प्रहरी कार्यलय सुनसरीले पक्राउ गरेको बताइएको छ । यसअघि मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भएपछि
गिरीमाथि आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कार आरोप लगाउने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन् ।

उनले बलात्कारी गिरीलाई पक्राउ गर्न उजुरी दिदाँ प्रहरीले उजुरी लिन नमानेको समाचार सार्वजनिक भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •