युरोपा लिगमा आईन्ट्याच फ्रान्कफर्टद्धारा आर्सनल पराजित

एजेन्सी ः आर्सनल युरोपा लिग फुटबलमा घरेलु मैदानमा पराजित भएको छ । हिजो बुधबार राति भएको उक्त खेलमा बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग आर्सनल २–१ ले पराजित भएको हो ।

खेलसुरु भएको ३१ औ मिनेटमा छातिमा चोट बोक्दै डेबिड लुईजले मैदान छाडेपछि आर्सनलले लय र नियन्त्रण गुमाएको थियो । पियरिक एम्रिक अबुमियाङले खेलको ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५५ औ मिनेटमा पाहुना टोलीका लागि जापानिज फरवार्ड दची कामडाले बराबरी गोल फर्काए । ६४ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै लण्डन क्लबलाई निराश बनाउने काम गरे ।

छनोटको अन्तिम खेलमा स्ट्यान्डर्ट लिगसंग आर्सनलले ठुलो अन्तरको हार रोक्नसकेपछि मात्र युरोपा लिगको अन्तिम ३२ मा छनोट हुने भएको छ । खेलमा पराजित भएतापनिले ५ वटा खेलबाट १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।

फ्रान्कफर्ट भने ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •