युनाइटेडद्धारा चेल्सी पराजित

एजेन्सी ः ईङ्लिस प्रिमियर लिग फुटबलका चेल्सीले हार ब्यहोरेको छ । आईतबार राति घरेलु मैदानमा भएको उक्त खेलमा वेस्ट ह्याम युनाईटेडसंग चेल्सी पराजित भएको छ ।

सो खेलमा चेल्सीलाई निराश बनाउन आरोन क्रिसवेलले खेलको ४८ औ मिनेटमा विजयी गोल गरे । म्यानुयल पेलेग्रिनी नेतृत्वको वेस्ट ह्यामले पछिल्लो ७ वटा खेलको जित विहिन यात्रामा पुर्णविराम लगाएको छ । जसले गर्दा मुख्य प्रशिक्षक पिलग्रिनीलाई थोरै राहत मिलेको छ ।

सो खेलको अन्तिमतिर चेल्सीले गोलको राम्रो अवसर प्राप्त गरेको थियो भने तर क्रिस्टियन पुलिसिक गोल गर्न चुकेका थिए । खेलमा राम्रो दबाब सिर्जना गरेता पनि चेल्सीले खेल बराबरी गर्न सकेन ।

चेल्सी १४ वटा खेलबाट २६ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । खेलको जितसँगै वेस्ट ह्याम १६ अंक सहित १३ औ स्थानमा उक्लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •