यसकारण युके जाँदै सन्ध्या बुढा

काठमाडौं ः गायिका तथा सञ्चारकर्मी सन्ध्या बुढा उर्फ ‘काउली बुढी’ युके जाने भएकी छिन् । उनी मगर समुदायको महानपर्व माघे सक्रान्ति विशेष हुन लागेको कार्यक्रममा सहभागी हुनको लागी युके जान लागेकी हुन् ।

पछिल्लो समय सन्ध्या बुढा व्यस्त गायिकाहरु मध्यमा एक हुन, गीत संगीतकासाथै उनी टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ मा समेत आवद्ध रहेकी छिन् । उनी वास्तविक नाम र कामले भन्दा बढी ‘काउली बुढी’ नाम र हाउभाउका कारणले धेरै दर्शक स्रोता माझ परिचित छिन् ।

सुर्खेतमा जन्मिएकि सन्ध्या बुढा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेकी हुन् । मगर सँग यूके UHSB साखा द्वारा आयोजित माघेसक्रान्ति विशेष उक्त कार्यक्रम भने यहि आउँदो जनवरी ११ मा आयोजना हुन गइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •