यसकारण केन चार महिना मैदान बाहिर

एजेन्सी ः टोटेनहमका फरवार्ड ह्यारी केन लगभग चार महिना मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङको चोटका कारण सल्यक्रिया गर्नुपर्ने भएकाले क्लबले केनलाई अप्रिलसम्म मैदान बाहिर रहने पुष्टि गरेको हो ।

बर्ष २६ का केनले नयाँ बर्षको दिन साउथह्याम्टनविरुद्वको खेल खेल्ने क्रममा चोट बोकेका थिए । ईङ्ल्याण्डका कप्तान समेत रहेका केन मैदानमा कहिले फर्कने भनेर कुनै निश्चित समय तोकिएको छैन ।

तर क्लबले उनलाई सल्यक्रिया आवश्यक रहेको भन्दै लगभग चार महिना समय लाग्ने बताएको छ । उनी अप्रिलमा ट्रेनिङमा फर्कनेछन् । सन् २०२० को युरोकप सुरु हुनु दुई महिना अघि मात्र उनी मैदान देखिनेछन् ।

टोटेनहम प्रिमियर लिगको छैटौ स्थानमा रहेको छ । चौथो स्थानको चेल्सी भन्दा टोटेनहम ६ अंकले पछाडी रहेको छ । केनले लिगसंगै च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन क्लब आरबी लिपजिगविरुद्वको खेल समेत गुमाउने भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •