यसकारण आशा भोस्ले काठमाडौंमा

काठमाडौं ः बुधबार चर्चित भारतीय गायिका आशा भोस्ले काठमाडौंमा आइपुगेकी छिन् । उनी एउटा सांस्कृतिक कार्यक्रममा भाग लिनको लागी नेपाल आएकी हुन् । वरिष्ठ संगीतकार रञ्जित गजमेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार उनलाई स्वागत गरेका थिए ।

साधना कला केन्द्रको आयोजनामा आगामी शनिबार सोल्टी होटेलमा हुन गइरहेको म्युजिक जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ कार्यक्रममा उनले भाग लिने भएकीछिन् । जहाँ उनलाई वरिष्ठ संगीतकार गजमेरले साथ दिने भएकाछन् ।

आशाको पहिलो र दोस्रो दिनको कार्यक्रम पशुपतिनाथ, लुम्बिनी र मुक्तिनाथ दर्शन गर्ने रहेको छ । लगभग पाँच दर्जनभन्दा बढी नेपाली गीतमा आशाले स्वर दिइसकेकी छिन् । उनका ‘गैरी खेतको शिरै हान्यो’ ‘मोहनी लाग्ला है’, पहाडको माथिमाथि’ जस्ता गीतहरु निकैनै चर्चित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •