यसकारण अर्को बर्षसम्म मिडफिल्डर फाबिन्हो मैदान बाहिर

काठमाडौं ः लिभरपुलका मिडफिल्डर फाबिन्हो अर्को बर्षसम्मका लागी मैदान बाहिर रहने भएका छन् । उनले च्याम्पियन्स लिग फुटबलका नापोलीविरुद्व पैतालामा चोट बोकेका थिए ।

खेलको १९ औ मिनेटमा उनले मैदान छाडेका थिए । लिभरपुलले नापोलीसंग सोही कारण समूह चरणको खेलमा १–१ गोलको बराबरी खेलेको थियो । आफ्ना बर्ष २६ का मिडफिल्डरको पैतलाको लिगामेन्ट च्यातिँएको कारण फाबिन्हो नयाँ बर्षसम्म मैदान नर्फकने लिभरपुलले बताएको छ ।

लिभरपुलका लागी फाबिन्हो जस्तो स्तरीय खेलाडी गुमाउनु ठुलो कुरा हो । यसले धेरै दुखी बनाएको छ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भनेका छन् । यो निकै नराम्रो समाचार पनि हो । हामी अझै ढुक्क छैनौ । तर उनी क्रिसमससम्मको खेलमा हामीसंग हुने छैनन् । उनले थपेका छन् ।

उनको ठाउँमा सही विकल्प छनोट गरिनेछ । खेलाडीले चोट बोक्ने केममा हामीमात्र क्लब हैनौ । हामीले यसलाई स्विकार पनि गर्नै पर्छ ।ु क्लोपले भने । लिभपुलले आगामी ३४ दिनमा ११ वटा खेल खेल्ने भएको छ ।

जसमा प्रिमियर लिग, च्याम्पियन्स लिग, काराबाओ कप र क्लब विश्वकप रहेका छन् । यस सिजन १३ खेल मध्य फाबिन्होले १२ खेल सुरुवातमा रहेर खेलेका थिए । प्रिमियर लिगमा लिभरपुललाई ८ अंकको स्पष्ट अग्रता छ ।

  •  
  •  
  •  
  •  
  •  
  •