यदि तपाईलाई टाउको दुख्ने समस्या छ, त्यसलाई यसरी निराकरण गर्न सकिन्छ,जानीराखौँ

– बिहान सबेरै उठ्ने र बेलुकी समयमै सुत्ने।\

– बेलुकी ढिला खाना खाने बानी नगर्ने। बेलुकी ८ बजेभन्दा अगाडि खाना खाइसक्ने।

– हरेक बिहान १ घण्टा व्यायाम अथवा मर्निङवाक गर्ने। टाउको दुख्दा योग, व्यायाम र प्राणायामले धेरै लाभ गर्छ।

– हिँड्दा, बस्दा, उभिँदा, सुत्दा जहिले पनि ढाड सिधा राख्ने। टाउको निहुराएर नबस्ने।

– शारीरिक वेगहरू जस्तै हाछ्यूँ, खोकी, पिसाब नरोक्ने।

– जहिले पनि उचित विचार गर्ने। लोभ, मोह, ईष्र्या, रिस जस्ता अनुचित विचारबाट बच्ने।

– आफूसँग भएका चिज बाँडेर खाने। लिनेभन्दा दिने भाव मनमा राख्ने जसले मन हलुको गराउँछ।

  •  
  •  
  •  
  •  
  •  
  •