मौसमविदले बताए अनुसार यस्तो रहने छ, आजको दिन

काठमाडौँ ; नेपालमा हिउँदे मौसम सुरु भएदेखि जाडो बढिरहेको छ । तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम सोमबारदेखि सुधार हुने मौसमविद्ले जानकारी दिएका छन् ।

पानी पर्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताएकी छन् ।
तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उहाँले जानकारी दिनुभएको छ ।

तराइका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जाने उनको भनाई रहेको छ । सोमबार बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •