भ्रष्टाचार विरुद्धको आन्दोलनमा झडप कम्तीमा १५ जनाको ज्यान गयो, थप चर्किने सम्भावना

एजेन्सी ; विश्वभर भ्रष्टाचार अनियमितताको बिरुद्धमा नाराबाजी र आन्दोलन भइरहेको अवस्थामा भर्खरै इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा झडपमा हुँदा १५ जनाको ज्यान गएको छ ।प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार झडपमा परी एक सयभन्दा बढी घाइते भएको जनाएको छ।

देशको दक्षिणी क्षेत्रमा पर्ने धिकार प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।ुपछिल्लो विवरण अनुसार थप १५ प्रदर्शनकारी मारिएका छन्, अरू एक सय भन्दा बढी घाइते भएका छन्, भने कैयौँलाई अश्रुग्याँसको असर परेको छ

नाम सार्वजनिक नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले भने। धिकारको राजधानी सहर नासिरियाहमा पछिल्ला केही दिनदेखि भइरहेको प्रदर्शनका क्रममा झडप हुने र ज्यान जानेको संख्या बढ्दै गएको छ । प्रदर्शन अनियन्त्रित भएपछि धिकार राज्यका प्रहरी प्रमुख मोहम्मद अल कुरैसीले पदबाट राजीनामा दिएका छन्।

धिकारका गभर्नर अदेल अल डुखैलीले नासिरियाह सहरमा भएको मानवीय क्षतिका कारण उनले राजीनामा दिएको उल्लेख गरेका छन्।केन्द्रीय राजधानी बग्दादसहित धेरै सहरमा आम प्रदर्शन जारी रहेको छ।

गत अक्टोबरको सुरुदेखि इराकमा प्रदर्शनका घटना भइरहेको छ। प्रदर्शन चर्किदै गएपछि इराकका प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका छन् भने देशमा राजनीतिक अन्यौल थप बढेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •