भारतमा घर भत्किँदा कम्तीमा १७ जनाको ज्यान गयो

काठमाडैँ ; संसारभरी विभिन्न किसिमका घटनाहरु सार्वजनिक भइरहेको अवस्थामा भारतको तमिलनाडु राज्यमा सोमबार भारी वर्षापछि घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा १७ जनाको ज्यान गएको छ ।

भारी वर्षाका कारण सोमबार बिहान ती व्यक्तिहरु सुतिरहेको अवस्थामा घरको पर्खाल भत्किँदा सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
भारतीय दक्षिणी राज्य तमिलनाडुको गाउँमा भएको सो घटनामा दुई बालबालिकासहित १७ जनाको ज्यान गएको हो ।

मुसलधारे वर्षापछि सो घटना भएको प्रहरी स्रोतले एएफपी समाचार समितिलाई सो बताएको छ ।स्थानीय समयानुसार सोमबार बिहान ५ः३० बजे सो घटना भएको टाइम्स अफ इन्डिया दैनिकले जनाएको छ ।

भारतमा घरलगायतका संरचना भत्किनु एक सामान्य घटनाको रुपमा रहेको पाइन्छ । कमजोर संरचनाहरूका कारण यस्तो घटना हुने गरेको विज्ञहरुको भनाई छ । गत जुलाईमा मुम्बईमा भएको यस्तै घटनामा कम्तीमा ३० व्यक्तिको ज्यान गएको थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •