भारतद्धारा श्रीलंका पराजित

एजेन्सी ः श्रीलंकाविरुद्धको दोस्रो टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले विजयी हात पारेको छ । इन्डोरले मंगलबार भारतले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ।

उक्त खेलको जितसँगै भारतले तीनवटा खेलको सिरिजमा १(० को अग्रता समेत बनाएको छ। खेलमा श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर नै पुरा गर्यो।

खेलमा भारतको लागि लोकेश राहुलले ४५ रन जो । यस्तै श्रेयस आयरले ३४ रन जोड्दा शिखर धवनले ३२ रन जोडेका थिए । कप्तान विराट कोहली भने २४ रनमा अविजित रहे । त्यस्तै श्रीलंकाका वाविन्दु हसरंगाले २ विकेट लिए ।

यो भन्दा पहिले टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाएको थियो। श्रीलंकाका कुशल परेराले ३४ रन जोेडे। अभिस्का फर्नान्डोले २२ रन जोड्दा दनुस्का गुनाथिलकाले २० रन जोडेका थिए ।

भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । नाभदिप सैनी र कुलदिप यादवले भने बाराबर २र२ विकेट लिए । वर्षाका कारण उनीहरु दुई टोलीबीचको पहिलो खेल रद्द भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •