भड्किलो तीज फैलिदो बिकृती ; तरा सञ्ज्याल

काठमाडौँ ; सर्बप्रथम म नजिकिदै गरेको हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तिज को अवसर मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु,। तिजको मावल तातिदै गर्दा यो मनमा पनि अनेकौं प्रश्नहरू उठिरहेका छन्, यो मनलाई सामन्य अवस्था मा ल्याउन केहिकुराहरु तपाईंहरू माझ पस्कने कोशिस गरेकी छु । आशा छ सकारात्मक सल्लाह र सुझाव आउने ,।

यहाँ तिजको बारेमा धेरै ब्याख्या बिश्लेषण नगरी सामान्य परिचयबाट आफ्नो लेखको सुरुवात गदैछु । हिन्दु नेपाली नारीहरुले भाद्र शुक्ल पक्ष तृतीय तिथि देखि पन्चमी सम्म शिव पार्वती को पुजा आरधना गरि नाच गान गर्दै निराधर व्रतबसी मनाउने गर्दछ्न् । माता पार्बतीले शिव जि लाई पतिको रुपमा पाउ भनी शिव जि लाई पाएपछि यो हरितालिका तिज तथा तिज व्रत को सरुवात भएको पाइन्छ ।

अविवाहित नारीहरुले राम्रो पति पाउ भनी यो व्रत बस्दछन् भने बिबाहित नारीहरुले आफ्नो पति को दिर्घायु को निम्ति यो व्रत लिने धार्मिक बिश्वास रहि आएको छ । यो पर्वमा विशेष गरि माइतीहरु ले आफ्नो चेलीबेटीहरुलाइ घर बोलाइ मिठो मसिनो खुवाएर मनाउने परम्परा रहि आएको छ ।

पहिले पहिले मेरै सम्झनामा पनि तिज नजिकैदै गर्दा दिनभरी आ आफ्नो घर धन्दागरि साँझपख कतै दोबाटोमा ,चौतारीमा ,वा कसैको घरको आगनीमा दिदीबहिनी साथी सङी मादल बजाउदै दुख सुखका गीतहरु आफै गाउदै नाच्दै र जे घर मा उप्लब्ध छ मिठिमसिनो त्यही पकाएर खाएर दुख सुख साटासाट गर्दै तिज मनाएर माइत आएका छोरीचेली पञ्चमीपछि घर फर्किन्थे, तर, शास्त्र अनुसार चार दिन मात्र मनाइने यो पर्व पछिल्लो समयमा आएर महिनौसम्म ठुला ठुला पाटी प्यालेस ,होटेलहरुमा चौरासी ब्याञ्जन का साथमा हुस्की बियर ले मातिदै महँगा महँगा गरगहना ,र महँगा महँगा सारी दिनै पिच्छे बदली बदली घन्टौ सम्म पालर बसी तयार भएर मनाउने एक किसिम को बिकृर्ती जुन फैलिएको छ,।

त्यो हुनेखानेहरुको हक मा त यो सब सामान्य नै होला तर हुँदा खानेहरुको लागि यो कल्पना भन्दा पनि बहिरको कुरा हो र यो कुरा को सिधा असर हुँदा खानेहरुमा पर्न जान्छ त्यो हामीले बुज्न जरुरी छ,। सरकारले होटल तथा पाटीप्यालेसको तिज ,दरखाने कार्यक्रम लाई बन्देज गर्ने किसिमको नीति लिएतापनी यो पुण रूपमा फेल भैसकेको हामी देखन सक्छौ, ।

भनिन्छ ूझुपडी कि नारी भन्छ तिउनलार्इ नुन छैन महलकी नारी भन्छे सोचेजती सुन छ्रैन यो खालको जुन बिकृर्ती छ जसका कारण धेरै महिलाहरूका घरबार नै बिग्रेको हामी प्रष्ट देखन सक्छौ,। हामी आज समाजवादका कुरा गरिरहदा पुँजीवादी व्यवस्था हाबी भैरहेको छ हामी महिलाहरू किलो किलोका सुनका गहना पचासौं हजार का सारिहरु लगाउदै पाटी प्यालेस मा बियर र हुस्की सङ रमाएर परिवर्तन हुँदैन , त न महिला मुक्त हुनेवाला छ , समय बद्लियो भनेर पनि हुनेवाला छैन, हामी ढकप्प सुन र चम्किला सारी लगाएर मात्र महान नारी हुनेवाला छैनौ, आज को यो बिकृती ले गर्दा हाम्रो समाजलाई कतातिर लादै छ ।

हामी कतातिर जादैछौ । हाम्रो समाज हाम्रो सस्कृती बचाउने बाहानामा हामिले विभिन्न किसिमका बिकृती भित्र्याउदै त छैनौ । यो प्रश्न तेस्रीएको छ हाम्रो अगाडि ,। त्यस कारण चाड पर्वहरुको रक्षा गरौ,जगेर्ना गरौ खराबखाले बिकृती बिसङगतीलाई आझै देखि हतोत्साहित गरौ हरेक चाँडपर्वलाई सामान्य ततिकाले मनाउ सबैले आआफ्नो घाँटी हेरि हाड निलौ, र सबै नेपाली जनता मिलि एक सभ्य भब्य असल बैज्ञानीक समाजको निमार्ण गरौँ ।

नेपाली जनताको अबको विकल्प भनेको बैज्ञानिक समाजवाद हो । त्यो पुरा गर्नको लागि हामी नारीको पनि भूमिका महत्वपुर्ण हुनेछ । अबको नेपाली समाजमा त्यो बाटोबाट मात्र महिला मुक्ति सम्भव छ । धन्यवाद

  •  
  •  
  •  
  •  
  •  
  •