भक्तपरमा नेकपालाई पाराजित गर्दै काँग्रेसको उम्मेदवार भँडेल विजयी

काठमाडौँ हिजो भएको उप निर्वाचनको परिणाम आउन सुरु गरेको छ ।

पछिल्लो मतगणना अनुसार नेकपाले धेरै ठाउँमा विजय हासिल गरिहेको अवस्थामा केही ठाउँमा भने केही स्थानमा नेकपाले हार व्यहोर्नु परेको छ । पहिला एमाले वा माके एक्लैले जितेको स्थानहरु पनि गुमाउनु परेको छ ।

९नेकपा० र जनमोर्चाको गठबन्धनलाई हराउँदै भक्तपुरमा भने काँग्रेसले बाजी मारेको छ । भक्तपुर क्षेत्र नम्बर १ ९क० काँग्रेस उम्मेदवार कृष्णलाल भँडेल फराकिलो अन्तरले बिजीय भएका छन् ।

उनले ९नेकपा०का युवा नेता डिपी ढकाललाई पराजित गर्दै भँडेल विजयी भएका हुन् । भँडेल १३ हजार ४४९ मत प्राप्त गर्दा ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

नेपाल मजदूर किसान पार्टीको लाल किल्ला मानिदै आएको भक्तपुरमा उपनिर्वाचनमा भने उसले लज्जाजनक हार खानु परेको छ । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •