बैदेशिक रोजगारमा गएका राईको मृत्यु

काठमाडौँ ; रोजगारको खोजीमा दैनिक रुपमा युवाहरु विदेशिने गरेका छन् । कसैले त विदेशका राम्रो आय आर्जन गरेका हुन्छन् ।

तर कसैलाई भने दशाको रुपमा रहने गरेको छ । त्यस्तै भउको भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ का अमिन राईको कोरियामा मृत्यु भएको छ । रोजगारीका लागि कोरिया गएका ३५ वर्षीय अमिनको सोमबार मृत्यु भएको हो उनका काका धनकुमार राईले बताएका छन् ।

परिवारका अनुसार काम गर्दागर्दै रिंगटा लागेपछि अस्पताल पुर्याउनेबित्तिकै अमिनलाई अस्पतालले मृत घोषणा गरेको थियो । पाँच वर्षदेखि कोरियामा कार्यरत अमिनको शव नेपाल ल्याउने तयारी बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *