बार्सिलोनालाई पराजित गर्दै एट्लेटिको फाइनलमा प्रवेश

एजेन्सी ः एट्लेटिकोले बार्सिलोनालाई पराजित गर्दै मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको उक्त सेमिफाईनल खेलमा बार्सिलोनालाई एट्लेटिकोले ३–२ गोलको अन्तरले पराजित गरेको हो ।

सो खेलमा एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाएका थिए ।खेलको ४६ औं मिनेटमा कोकी क्लिनिकले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५१ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । एट्लेटिकोका अल्भरो मोराटाले खेलको ८१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सो खेललाई २–२ को अवस्थामा ल्याउन सफल रहे ।

खेलको अन्तिम समयमा कोरियाले गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाउन सफल भए । अब उपाधिका लागी एट्लेटिकोले शहरी प्रतिद्धन्दी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

रियलले बुधबार भउको खेलमा भ्यालेन्सियालाई पराजित गर्दै प्रतियोगिताको फाईनल प्रवेश गरिसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •