बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको ज्यान गयो

काठमाडौं ः ढल्केबर(जनकपुर सडकखण्डको लक्ष्मीमिनिया गाउँपालिका(६ मा कलेज बसले मोटरसाइकलमा ठक्कर दिँदा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परेर घटनास्थलमै दुईजनाको ज्यान गएको छ।

जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज। १० प। ३५३५ नम्बरको मोटरसाइकललाई मोडल कलेज जनकपुरको ज। १ क २८३ नम्बरको सो बसले ठक्कर दिँदा उक्त दुर्घटना भएर मोटरसाइकलमा सवार रहेका दुईजनाको ज्यान गएको हो।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान भने खुल्न सकेको छैन। बसले मोटरसाइकलमा ठक्कर दिएपछि त्यहाँका स्थानीयबासी आक्रोसित भएर उक्त बसमा आगजनी गरेका छन्। स्थानीयले बताए अनुसार सो बसमा अहिले दनदनी आगो बलिरहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •