बलिउड नायक अक्षय कुमार यसकारण भए ट्रोल

एजेन्सी ः एक बर्षमा सबै भन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा परीचित भएका बलिउडका चर्चित नायक हुन् अक्षय कुमार । अब हाउसफूल ४ पछि उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा रहेको छ ।

तर जहाँ उनको भूमिकाभन्दा कपडाको चर्चा भइरहेको छ । प्रयोगकर्ताले अक्षयलाई वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा एउटै लुगा लगाएको भन्दै ट्रोल गरेका छन् । एक प्रयोगकर्ताले अक्षयको फ्यान पेजमा फिल्म हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् ।

जस्मा अक्षय एउटै कपडा र एउटै हेयरस्टाइलमा देखिएका छन् । जुन दुईवटा फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो चाही हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक नै उडाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *