बर्नलीलाई पराजित गर्दै चेल्सी विजयी

एजेन्सी ः चेल्सीले इन्ग्लिश प्रिमियर लिग फुटबलमा सहजै जित बनाएको छ । शनिबार राति भएको उक्त खेलमा चेल्सीले बर्नलीलाई ३(० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको सो खेलमा खेल सुरु भएको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २(० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३(० को सहज जित दिलाउन सफल भए । खेलको जितसँगै चेल्सीले २२ वटा खेलबाट ३९ अंक बनाउँदै चेल्सी लिगको चौंथो स्थानमा रहेको छ भने बर्नली २४ अंक बनाउँदै १५ औं स्थानमा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •