फेरी बढ्यो सुनको भाउ तोलाको कति ?

काठमाडौं ः आज नेपाली बजारमा सुनको भाउमा फेरी वृद्धि भएको छ । आज बुधबार प्रतीतोला १ हजार रुपैयाँले बढेर सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएकोछ।

महासंघले बताए अनुसार तेजावी सुनको मूल्य ७६ हजार २ सय रुपैयाँ कायम गरिएको छ। हिजो मंगलबार सुन प्रतीतोलामा ५ सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै अज चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतीतोलाको ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •