फेरि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौँ ; प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् ।

उहाँलाई मँगलबार विहान पौनी ९ बजेको समयमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा लगिएको उहाँको सचिवालयका सञ्चार विज्ञ रामशरण बजगाईँले बताएका छन् ।

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलासिस गरिँदै आइएको छ । उहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा पनि स्वास्थ्य परिक्षण र उपचार गरिदै आईएको हो ।

प्रधानमन्त्री ओलीको अहिले स्वास्थ्य परीक्षण भइरहेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •