फिल्म छिछोरेमा वृद्धा महिलाको भुमिकामा देखिदै श्रद्धा कपुर

एजेन्सी ः अभिनेत्री श्रद्धा कपुरले ७४ वर्षीया वृद्ध महिलाको भूमिका निर्वाह गर्दैछिन् । सन् २०१४ को चर्चित कोरियन ड्रामा फिल्म मिस ग्रैनीलाई तेलगु फिल्मका निर्माता सुरेश बाबुले रिमेक बनाउन लागेका हुन ।

सो फिल्मको मुख्य भुमिकाका लागि सुरेशले श्रद्धालाई प्रस्ताव राखेका छन् । मिस ग्रैनीमा एउटी ७४ वर्षीया महिला आफ्नो अन्तिम फोटो खिचाउन स्टुडियोमा जान्छिन् । तर, उनी त्यहाँ रहस्यमय तरिकाले २० वर्षकी युवती बन्छिन् ।

त्यसपछि उनले म्युजिकमा आफ्नो करिअर बनाउँछिन् । उनले आफ्नो नातिसँग एउटा ब्यान्ड स्थापित गर्छिन् । तेलगु भर्सनमा पनि निर्माण गरिने यो फिल्मको नाम भने ओहबेबी राखिनेछ ।

खबरअनुसार तेलेगुमा ती वृद्ध महिलाको भूमिका सामन्था अक्किनेनीले निर्वाह गर्ने भएकी छिन् । यसअघि श्रद्धाले हसिना पारकर फिल्ममा धेरै कम उमेरकी युवतीको भूमिका निर्वाह गरेकी थिइन् भने उनी नितीश तिवारीको छिछोरेमा पनि वृद्ध महिलाको भूमिकामा देखिने भएकी छिन् ।  ।

  •  
  •  
  •  
  •  
  •  
  •