प्रचण्डले सम्बोधन गरिरहेको चुनावी सभा नजिकै बम बिस्फोर्ट, के छ क्षतिको विवरण

काठमाडौँ ; नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कास्कीको पोखरामा हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा नेकपा कास्कीले आयोजना गरेको चुनावी सभामा पुगेका छन् ।

उनी लगायत नेकपाका उच्च तहका नेता सहभागि भएको चुनावी सभाबाट करिब दुई सय मिटर टाढा बम विस्फोर्ट भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जनाए अनुसार सो बम विस्फोर्टबाट ३ जना सामान्य घाइते भएका छन् । विस्फोटपछि अहिले सभास्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनको मौनअवधि सुरु हुनुअघि पार्टीकी उम्मेदवार विद्या भट्टराईलाई जिताउन अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम र अर्का नेता खगराज अधिकारी लगायतका नेताहरु त्यहाँ पुगेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •