पोखरामा शक्तिशाली भुकम्प मानिसहरूको भागाभाग

काठमाडौं : गएराती पोखरामा शक्तिशाली भुकम्पको धक्का महसुस भएको छ । बिहिबार राति १० बजेपछि भूकम्पको कडा धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।

भूकम्पले हलाएपछि स्थानीयवासीहरु सडकमा ओर्लिएका थिए । भूकम्पको केन्द्र कहाँ हो भन्ने विषयमा जानकारी आएको छैन भने कति रेक्टरस्केलको भूकम्पको धक्का हो भन्ने पनि एकिन हुन सकेको छैन ।

पछिल्लोसमय भूकम्पको धक्काहरु एकपछि अर्को गरी लगातार आइरहेका छन् । केहिदिन अघि मात्रै संघीय राजधानी काठमाडौं समेत भूकम्पले हल्लाएको थियो । उता इरानमा बिहीबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •