पूर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला शाहको हर्कत भिडियोसहित

काठमाडौँ ; नेपालमा २०५८ सालमा राजदरबार हत्या काण्ड भएपछि शाह बंशहरुको उपस्थिति कमै मात्रामा देखिने गरेका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको परिवार बाहेक वीरेन्द्र शाहको बंश नाश गरियो तर अन्य व्यक्तिहरुका बारेमा कसैले सोध खोज गरिएको छैन ।

उनीहरुले नै बेला बेलामा नेपालबारे चासो व्यक्त गर्दै आएका छन् । भर्खरै पूर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बबा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ ।

राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरेका थिए । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठी श्रीमती प्रेक्षा शाहबाट तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् ।

उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो । त्यस्तै, माइली श्रीमती जया पाण्डेको कोखबाट श्रेया शाहको जन्म भएको थियो । सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो ।

सलिर्न र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् । अहिले उनै उशाना सामाजिक संजालमा भाइरल भइरहेकी छिन् । युट्युबर उशानाले विभिन्न भिडियो बनाउने गरेकि छिन् ।

तौल बढेपछि दुब्लाउनका लागि गरेका प्रयासहरुलाई उशाना युट्युबमा हाल्छिन् । उनका तस्बीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
राज परिवारका सदस्यहरु अहिले नेपालमा कमै मात्रामा रहेका छन् ।

नेपालमा भए पनि उनीहरुले आफ्नो पहिचान समाप्त गरेका छन् । नेपालबाट राजतन्त्र समाप्त भएसँगै धेरैको अस्तित्व संकटमा परेको हो । नेपालमा अहिले तत्कालीन राजपरीवार सदस्यलाई नै अहिले नेपालको नागरिकता पाउन समस्या भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •