पासवर्ड माग्दा नदिएपछि श्रीमतीद्धारा श्रीमानको यस्तो हालत

एजेन्सी ः सामाजिक संजाल तथा फोनको पासवर्ड माग्दा पतिले पत्नीलाई नदिँदा पछिल्लो समय इन्डोनेसियामा एक महिलाले आफनो पतीको रामधुलाई गरेकी छिन । इन्डोनेसियामा एक पत्नीले पतीसँग फोनको पासवर्ड माग्दा नदिएपछि पतिको यस्तो हालत गरेकी छिन ।

उक्त पत्नीले सो विवादमा पश्चिम टेंगोरा प्रदेशको पुर्वी लम्बोर्क रिजेन्सीमा बस्ने आफनै पतीमाथी कुटपिट गरेर उनीमाथी पेट्रोल छर्किएर आगो समेत लगाएकी हुन ।

पासवर्ड माग्दा पतिले नदिएपछि पहिले हातहालाहालको स्थीती श्रृजना भएको र पछि समस्या जटिल बन्दै गएपछि उनले पतीमाथी आजगनी गर्न सम्म भ्याएकी हुन । डेडी नाम गरेका पतिलाई इलहाम नाम गरेकी उनकै पत्नीले आगो लगाएकी हुन ।

प्रहरी पछिल्लो समय उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घटनाका बारेमा अनुसन्धान भइरहेको छ । घाइते पतिलाई भने अस्पतालमा भर्ना गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •