पाकेटमार आरोपमा पक्राउ पर्नेमा ; अधिकांश महिला

काठमाडौं ः आइतबार बिहान जनकपुरधामबाट भिडको मौका पारेर पाकेटमारी गर्ने लगभग डेढ् दर्जन व्यक्ति पक्राउ परेका छन् । जनकपुधामको बिभिन्न स्थानबाट उनीहरुलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकांश महिला रहेका छन् । उनीहरुको नाम र ठेगाना भने खुल्न सकेको छैन् । पक्राउ परेका उनिहरुमाथि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो ।

अहिले जनकपुरधाममा विवाहपञ्चमीको अवसरमा निकैनै भिड बढेको छ । नेपालका बिभिन्न जिल्लासहित भारतबाट आएका श्रद्वालुहरुका कारण पनि अहिले यो ठाउँ भरिभराऊ भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •