पाकिस्तानी जासुसीको भएको आरोपमा सुस्त मनस्थितिका नेपाली भारतमा पक्राउ

एजेन्सीका अनुसार ; भारत र पाकिस्तानको बारम्बार लफडा भइरहेको अवस्थामा भारतले पास्तिानी नागरिकलाई यातना दिने समाचार दैनिकरुपमा सुन्दै आएका छौँ ।

तर भर्खरै भारतले नेपालका एकजना सुस्त मनस्थितिका नागरिकलाई जासजुसको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएका गंगाबहादुर रहेका छन् । उनी बोल्न र सुन्न सक्दैनन् तर भारतीय सुरक्षाकर्मीले भने उनलाई जासुसीको आरोपमा प्रक्राउ बुझिएको छ ।

भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार उनलाई भारतीय सुरक्षाकर्मीले पाकिस्तानी गुप्तचर एजेन्सी ‘आईएसआई’को एजेन्ट भएको आशंकमा प्रक्राउ गरेको हो । यतिबेला भारतीय सुरक्षाकर्मीहरुले उनीसंग सोधपुछ गरिरहेको बताईएको छ ।

बिगत ८ बर्षदेखि भारतको लखनउमा बस्दै आएका गोपाल सेप्टेम्बरदेखि बरेलीमा दैनिक दुई सय रुपैयाँ तिरेर एउटा होटलमा बस्दै आएको भारतीय सुरक्षाकर्मीको दाबी छ । उनलाई उत्तर प्रदेशको बरेलीबाट प्रक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएको छ ।

गोपालको साथबाट भारतीय सुरक्षाकर्मीले दुई वटा मोबाइल फोन बरामद गरेको र उनी फेसबुकसंगै सामाजिक सञ्जालमा समेत निकै सक्रिय रहेको भारतीय सुरक्षाकर्मीले दाबी गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •