पाइपलाइन खन्न गएका प्रहरीमाथि भालुको आक्रमण

काठमाडौं ः रसुवामा भालुको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएका छन्। उक्त भालुको आक्रमणमा परी जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत रहेका दुई जना प्रहरी घाइते भएका हुन्।

खानेपानीको पाइप मर्मत गर्नका लागि जंगल गएका जिल्लाको नौकुण्ड गाउँपालिका–४ का बर्ष ३१ का सहायक हवलदार बिर बहादुर थिङ र नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ का बर्ष २५ का प्रहरी जवान किरण तामाङलाई भालुले आक्रमण गरेको थियो।

बिर बहादुर थिङ गम्भीर घाइते भएका छन्। सो आक्रमणबाट उनको टाउको गम्भीर चोट लागेको छ। घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार भइरहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •