नेपाल पत्रकार महासंघको युएई शाखाको पाँचौ अधिवेशनबाट अध्यक्षमा खनाल

काठमाडौँ ; नेपाल पत्रकार महासंघको युएई शाखाको अध्यक्षमा लक्ष्मण खनाल निर्वाचित भएका छन् । खाडी मुलुकमा करिब एक दशक विताउनु भएका खनाल शाखाको पाचौं अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

खाडी मुलुक मध्यमा पत्रकारहरू निकै सक्रिय रहेको युएईमा करिब ५० जना पत्रकारको सक्रियता भएता पनि महासंघमा भने २० जनाको हाराहारीमा सदस्य रहेका छन्।

नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिदै नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले सम्बन्धित देशको कानुनको अधीनमा रहेर पत्रकारिता गर्न सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै अधिवेशनमा निर्वाचित उपाध्यक्षमा मेघराज सापकोटा , सचिवमा मोहन बस्याल, सहसचिबमा राम ढुंगेल, कोषाध्यक्षमा माधव न्यौपाने, सदस्यहरू हरी दुलाल, खिमलाल पाण्डे,राम कुमार परियार, प्रिथी छक बुढा रहेका छन् ।

भने राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी र सल्लाहकारहरू हरी नेपाली, एकेन्द्र बहादुर थापा रहनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •