नेपाली जहाज अझै युरोपको आकाशमा उड्न प्रतिबन्ध, यस्तो छ कारण

काठमाडौँ ; सरक्षा समंवेदनशीलताको कारण देखाउदै युरोपली युनियनले नेपाली जहाजलाई कालो सूचिबाट हटाएको छैन ।

युरोपेली युनियनले यसपटकको समीक्षाबाट नेपाललाई कालो सूचीबाट हटाउने अपेक्षा गरिए पनि उनीहरुले नेपाललाई कालो सूचिबाट हटाएने विषयमा प्रवेश समेत भएन ।

नेपाली जहाज अब कम्तीमा पनि ६ महिना युरोपको आकाशमा उडाउन पाईने छैन । सन् २०१३ देखि नेपाली जहाज र आकाशलाई कालो सूचीमा राखेको छ । नेपाल सरकारले धेरै पटक कुटनीतिक पहल गरे पनि कालो सूचीबाट उम्कन भने सकेन ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको छ, तर युरोपेली युनियनले कालो सूचीमै राख्नुमा स्वार्थ लुकेको हवाई विज्ञहरुले बताउँदै आएका छन् ।

ईयूले १५ देशका १ सय ५५ विमान कम्पनीलाई कालो सूचीमा राखिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •