नुवाकोटमा गरिमा धान फलेन १ करोड भन्दा बढीको नोक्सान

नुवाकोट ; गरिमा धान बिगतका बर्षमा राम्रो फलपछि धेरैजिल्लाहरुमा लगाईएको थियो । तर यो बर्ष भने देशको धेरै ठाउँमा लगाएको गरिमा धान बालै नलागेर भूस मात्र भएको छ ।

त्यस्तै यसबर्ष गरिमा नामको हाइब्रिड धान नफल्दा नुवाकोटका किसानलाई ठूलो घाटा लागेको छ। धेरै फल्ने आसमा नुवाकोटका सयौं किसानले लगाएको धानमा बाला नलागी भुसमात्रै उत्पादन भएको छ। भुसमात्रै उत्पादन भएपछि किसानले क्षतिपूर्ति माग गर्दै कृषि ज्ञान केन्द्र नुवाकोटमा उजुरी दिएका छन्।

सयौं हेक्टर खेतीयोग्य जमिन रहेकोे विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र ककनी, सूर्यगढी, लिखु, पन्चकन्या, शिवपुरी, तारकेश्वर गाउँपालिकाकाका ५ सय ३५ जना किसानले क्षतिपूर्ति माग गर्दै केन्द्रमा निवेदन दिएका हुन्।

करिब एक हजार रोपनीमा किसानले लगाएको गरिमा धान नफलेको कृषि ज्ञान केन्द्र नुवाकोटका प्रमुख तेजप्रसाद दुवाडीले जानकारी दिए। ‘अन्य धान सोही क्षेत्रफलमा लगाउँदा किसानले साविकका वर्षमा दुई सय ३० टन धान उत्पादन हुन्थ्यो।

यस वर्ष भने धान नै नफलेपछि धेरै मार परेको छ’, उनले भने। सरकारले सूचीकृत गरेको गरिमा जातको धान नफल्दा नुवाकोटका किसानलाई एक करोड रुपैयाँभन्दा बढी नोक्सान भएको केन्द्रको अनुमान छ। सरकारले सूचीकृत गरेको गरिमा जातको धान नफल्दा नुवाकोटका किसानलाई एक करोड रुपैयाँभन्दा बढी नोक्सान।

गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण आफूहरू पीडित भएको भन्दै किसानले केन्द्रमा दिएको निवेदन आवश्यक कारबाहीका लागि संघीय कृषि मन्त्रालयमा पठाएको दुवाडीले जानकारी दिए । गरिमा जातको धान भनेर नक्कली बीउ लगाएका कारण नोक्सान बेहोर्न बाध्य किसानलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ ।

निवेदन दिने कृषकको संख्या अझै बढ्न सक्ने कृषि ज्ञान केन्द्र नुवाकोटले जानकारी दिएको छ ।मसिनो, बास्नादार र स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

  •  
  •  
  •  
  •  
  •  
  •