नगरपालिकाबाटै १४ महिने नाबालक बच्चा चोरी

काठमाडौं ः धनुषाको सबैला नगरपालिका १० बाट १४ महिने नाबालक बच्चा चोरी भएको छ। घरमै सुतिको अवस्थामा स्थानीय आइतबार साँझ दीपनारायण साहका छोरा १४ महिने गोलु साह चोरिएका हुन्।

उत्त बच्चा कसले र किन चोरी गरेको हा उक्त विषयमा भने केहि खुल्न सकेको छैन्। दीपनारायण र उनका आफ्न्तहरु अहिले बच्चा खोज्दै हिडेका छन्। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बच्चा हराएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार अहिले बच्चाको खोजीकार्य भइरहेको छ।

एसपी खनालले भने, ‘दीपनारयाणकी श्रीमती अर्कै केटासँग भागेकी छन्। त्यसकारण बच्च उनले नै लगेको हुनसक्छ।’ स्रोत अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट सो बच्चा जन्मेपछि गाउँलेले पालनपोषणका लागि उनको जिम्मा लगाएको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •