धरान उपमहानगरपालिकामा काँग्रेसले कब्जा जमाउने सम्भावना,यस्तो छ मत परिणाम

काठमाडौँ ; भर्खरै भएको उप निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । केही ठाउँमा नतिजा सार्वजनिक भइसकेको छ । भने केही ठाउँ नतिजा आइसकेको छ ।

त्यस्तै धरान उपमहानगरालिकामा सोमबार बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले अग्रता कायम गरेका छन् । उनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् ।

नेकपा उम्मेदवारले सुरुआती अग्रता लिएपनि झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्‍बर बहादुर लिम्‍बुले १ हजार ८ मत ल्याउँदा समाजवादी पार्टीका गजेन्द्र बहादुर लिम्बुले ६ सय ५२ मत ल्याएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *