देशभर तापक्रम घट्दो चिसोबाट बच्न यस्तो उपाय अपनाउनुहोस्

काठमाडौँ ; नेपालमा हिउँदै मौसम लाग्दै गर्दा दैनिक रुपमा तापक्रम घटिरहेको छ । तापक्रम घटेर चिसो बढिरहेको अवस्थामा चिसोबाट बच्नको लागि पूर्वतयारी गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

बिहान बेलुकी हुस्सु र कुहिरो लाग्ने तथा तराईमा शीतलहर पनि सुरु हुनसक्ने भएकाले सावधानीको लागि पूर्व तयारी गर्न मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामान्यतया मंसिर १५ पछि बिहान हुस्सु र कुहिरो लाग्ने क्रम बढ्ने भएकाले तापक्रम घटाएर चिसो बढाउँछ । यस्तै तराईमा लगातार घाम नलाग्दा शीतलहर पनि सुरु हुन्छ ।

शनिबार, आइतबार र सोमबार देशको पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।
काठमाण्डौको आज बिहानको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •