तुईन चुडिएर नदीमा खस्दा बेपत्ता, खोजीकार्य जारी

खातबारी ; प्रधानमन्त्री केपी शर्मा ओली यो भन्दा पाँच बर्ष पहिला प्रधानमन्त्री हुँदा अबको दुई बर्ष भित्रमा देशभर रहका सबै तुईन बिस्थापन हुने घोषणा गरेका थिए ।

तर हाल आएर पाँच बर्ष बितिसक्दा पनि तुईन विस्तापन हुनुको साटो मानिसहरुतुईन चुडिएर अकालका ज्यान गुमाउनु पर्ने जस्ता घटना सार्वजनिक भइरहेका छन् । भर्खरै त्यस्तै भएको छ ।

तुईनद्वारा अरुण नदी तर्ने क्रममा तुइन चुडिएर नदीमा खस्दा १ जना बेपत्ता भएका छन् । आइतवार दिउँसो २ बजे शंखुवासभाको छुम्सुरबाट रिदाकतर्फ हिँडेका भोटखोला गाउँपालिका–२ का ३० वर्षीय ओङ्दी भोटे तुइन चुडिएर बेपत्ता भएका हुन् । नदी तर्ने क्रममा अचानक तुइनको नट खुस्कीएर अरुण नदिमा खस्दा उनी बेपत्ता भएका हुन् ।

नदीमा खसेर बेपत्ता भएका भोटेको प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी समेतको संयुक्त टोलीले खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •